Category - खेलकुद

महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने हुनुभएको छ । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहनुभएकी उहाँ उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको...

अन्तर संस्था कप फुटबलको उपाधि नेर्पा स्पोर्टस क्लबलाई

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सम्पन्न ‘प्रथम अन्तरसंस्था कप फुटबल प्रतियोगिता २०७९’ को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले उचालेको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको सो प्रतियोगितामा आयोजक केएफएलाई शून्यका विरुद्ध...

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । उक्त प्रतियोगिताको...

नवौँ राष्ट्रिय खेलकुदः सुरु भयो पोखरामा तयारी

कास्की, १० साउन (रासस): गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८...

स्वास्थ्यको लागि खेल महत्वपूर्ण ः खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच आज भएको मैत्रीपूर्ण फुटसल...

साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा

भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य...

राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाबाट खेलाडी छनोट गरिएको छ । बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरी क्षेत्रीय प्रतियोगिताका लागि ५६ खेलाडी छनोट गरिएको हो । जिल्ला...

एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित

नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । क्यानडाले नेपाललाई जितका लागि १८९ रनको लक्ष्य...

खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः सैँजू चयन

खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि नूरकाजी सैँजू चयन हुनुभएको छ । एकेडेमीको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा जिल्ला अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । दिक्तेल...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको...