21.1 C
Kathmandu
Friday, April 19, 2024
spot_img

हुम्ला आउँदै भारतीय ‘सद्गुरु’

हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलका रुपमा चिनिने कैलाश मानसरोवरको दर्शनका लागि भारतीय प्रख्यात योगगुरु ‘सद्गुरु’ आज हुम्ला आउँदै हुनुहुन्छ ।

नेपाली भूमि हुम्लाको लिमि लाप्चाबाट कैलाश मानसरोवर दर्शनका लागि नेपाल पुगेका ‘सद्गुरु’ आज हेलिकोप्टर चार्टर गरेर सिमकोट आउन लाग्नुभएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । चीनको वुहान प्रान्तबाट २०२० मा सुरु भएको कोभिड–१९ का कारण धार्मिक तथा सांस्कृतिक महत्वको कैलाश मानसरोवार आवतजावत गर्न चिनियाँ पक्षको रोक छ । दोस्रो पटक सद्गुरु हुम्लाको भू–भागबाटै दर्शन गर्ने गरी हुम्ला आउन लागेको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनुभयो । सद्गुरुको हुम्ला आवागमनका बारेमा सबै तयारी पूरा भएको बताइएको छ ।

नेपाली भूभाग लाप्चा भञ्ज्याङबाट कैलाश मानसरोवरको दर्शनका लागि आज हेलिकोप्टर चार्टर गरेर सद्गुरु नेतृत्वको टोली सिमकोट पुग्ने कार्यक्रम छ । सद्गुरुसँग आज मात्र ४० भन्दा बढीको टोली आउने छ । सद्गुरुको टोली पोखराबाट हेलिकोप्टरमा सिधै सिमकोट विमानस्थल अवतरण गर्ने उहाँको भ्रमणको जिम्मा लिएको द ट्रेकर सोसाइटीले जनाएको छ ।

आज बिहान सिमकोटमा भएका दुई हेलिकोप्टर पोखरा गएमा १० र नगए आठ वटा हेलिकोप्टरमा एकै साथ सद्गुरुको टोली सिमकोट आउने भएको द ट्रेकर सोसाइटीका हुम्ला प्रतिनिधि राजन अधिकारीले बताउनुभयो । (सद्गुरु)को टोलीले पूर्णिमाको मौका पारेर शनिबार (भोलि) हेलिकोप्टरबाट गएर लाप्चा भञ्ज्याङबाट कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles