काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले पार्टीले सरकारलाई मात्र विरोधको लागि विरोध नगरी रचनात्मक र आलोचनात्मक रूपमा समर्थन गर्ने नीति लिएको बताएका छन्। शपथ ग्रहणका लागि संसद् भवन पुगेका उनले भने, “हामी प्रतिपक्षमा रहन्छौँ, तर राम्रो काम गर्दा हाम्रो पूर्ण समर्थन छ।” उनले यो पटकको संसद् नयाँ भएकाले सिक्नुपर्ने धेरै कुरा रहेको र जिम्मेवारीको बोध बढी भएको पनि बताएका छन्।