कर्णालीमा नयाँ शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक वितरण

कर्णालीमा नयाँ शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक वितरण

नेपालगञ्जस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक प्रेसले नयाँ शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै कर्णाली प्रदेशका विभिन्न जिल्लामा पाठ्यपुस्तक वितरण गरेको छ। चैत २४ गतेसम्म नेपालगञ्ज कार्यालयबाट चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री–वितरण भइसकेको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालले जानकारी दिएका छन्।

उनका अनुसार उक्त कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित जम्मा १० जिल्लामा पाठ्यपुस्तक वितरण भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार