अपि बेस क्याम्प प्रवर्द्धन अभियानमा मेयर हमालको नेतृत्वमा टोली प्रस्थान

अपि बेस क्याम्प प्रवर्द्धन अभियानमा मेयर हमालको नेतृत्वमा टोली प्रस्थान

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा टोली अपि बेस क्याम्प यात्रामा निस्किएको छ । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ भन्ने नारासहित सुरु गरिएको अभियानअन्तर्गत ३० जनाको टोली सोमबार बिहान धनगढीबाट प्रस्थान गरेको हो । १० दिनसम्म चल्ने यात्रामा टोलीले अपि हिमालको बेस क्याम्पसम्म पुग्ने लक्ष्य लिएको छ ।

मेयर हमालले सुन्दर सुदूरपश्चिम अभियानको निरन्तरता स्वरूप हिमाल तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि यो अभियान थालिएको बताएका छन् । यात्रामा जनप्रतिनिधि, कर्मचारी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको छ । टोलीलाई धनगढीबाट बाजागाजा र फूलमालासहित बिदाइ गरिएको थियो । यस अभियानले सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार