पेट्रोलमा १७ र ग्यासमा एक सय रुपैयाँले मूल्य वृद्धि, निगम अझै घाटामा

पेट्रोलमा १७ र ग्यासमा एक सय रुपैयाँले मूल्य वृद्धि, निगम अझै घाटामा

काठमाडौँ — नेपाल आयल निगमले बढ्दो घाटा नियन्त्रण गर्न पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ।

निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेलमा २५ रुपैयाँले मूल्यवृद्धि गरिएको हो।

नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा २१६.५० रुपैयाँ, दोस्रो वर्गमा २१८ रुपैयाँ र तेस्रो वर्गमा २१९ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, डिजेलको मूल्य क्रमशः २०४.५०, २०६ र २०७ रुपैयाँ निर्धारण गरिएको छ।खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ।

मूल्य समायोजनपछि पनि निगम अझै घाटामा रहेको छ। पेट्रोलमा प्रतिलिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा कायम रहेको निगमले जनाएको छ।

निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि हाल पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार