नेपाल सरकारले चैत २२ गते गरेको निर्णयअनुसार सहायक रथी पदमा कार्यरत पदम बहादुर बुढा (पीएचडी) र पवन खत्रीलाई उपरथी पदमा पदोन्नति गरिएको छ। शुक्रबार जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले दुवै अधिकृतलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उनीहरूले अब नेपाली सेनामा नयाँ जिम्मेवारी सम्हाल्नेछन्।