काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। स्रोतका अनुसार उनले दुई जना नयाँ मन्त्री नियुक्त गर्न लागेका छन्।
यसअघि हिजो मात्र श्रममन्त्री दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए। त्यसपछि रिक्त रहेको श्रम मन्त्रालय र उद्योग मन्त्रालयमा नयाँ नियुक्ति गर्न लागिएको हो।
स्रोतका अनुसार रामजी यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी र गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ।यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाह स्वयंले सम्हाल्दै आएका थिए।
रामजी यादव सप्तरी–२ बाट र गौरीकुमारी यादव महोत्तरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।