झापा जिल्लाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जडान गर्ने क्रममा करेन्ट लागेर एक महिलाको दुःखद मृत्यु भएको छ। स्थानीय ३५ वर्षीया सुनिता बास्कीले आफ्नै घरमा वाइफाइ जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि उनलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घटना गएराति भएको हो र घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।