अमेरिकी उपराष्ट्रपति JD Vance र उनको प्रतिनिधिमण्डल इरानसँगको सम्झौताबारे भएको वार्तामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी Islamabad बाट अमेरिका फर्किएको छ।
बीबीसीका अनुसार उनीहरू “एयर फोर्स टु” विमानमार्फत प्रस्थान गरेका हुन्। पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले अमेरिकी प्रतिनिधिमण्डल इस्लामावादबाट प्रस्थान गरेको जनाएको छ।इस्लामावादबाट उडान भर्नुअघि आयोजित पत्रकार सम्मेलनमा JD Vance ले करिब २१ घण्टा लामो वार्तापछि पनि अमेरिका र Iran बीच कुनै सम्झौता हुन नसकेको बताएका छन्।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले प्रतिक्रिया दिँदै अमेरिका आफ्ना “अत्यधिक मागहरू” बाट पछि हट्नुपर्ने बताएका छन्।त्यस्तै, इरानी प्रतिनिधिमण्डलसँग नजिक रहेको एक स्रोतलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले अमेरिका वार्ताबाट बाहिरिन बहाना खोजिरहेको आरोप लगाएको छ। उक्त स्रोतका अनुसार अमेरिका अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो साख जोगाउन मात्र वार्तामा सहभागी भएको र इरानसँगको तनावबीच पनि आफ्ना अपेक्षाहरू घटाउन तयार नभएको दाबी गरिएको छ।
अलजजिरालाई उद्धृत गर्दै सो स्रोतले इरानसँगको आगामी वार्ताका लागि हाल कुनै योजना नबनेको जनाएको छ।