• २०८३ बैशाख १५ गते मङ्गलवार
  • Preeti To Unicode

आज केही ठाउँमा वर्षा र हिमपात हुने

आज केही ठाउँमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा आंशिक बदली देखिएको छ ।

महाशाखाका अनुसार आज देशको पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ ।

वर्षा तथा हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दा, यातायात सञ्चालनकर्ता तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार