प्रतिनिधिसभाले हालै गठन गरेका १० वटा विषयगत समिति र दुई संयुक्त समितिको सदस्य चयनपछि राज्य व्यवस्था तथा सुशासन समिति २६ सदस्यीय बनेको छ। यस समितिमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।
समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता ज्ञानबहादुर शाही रहेका छन्।
यीमध्ये रवि लामिछाने र प्रचण्ड अघिल्लो प्रतिनिधिसभा कार्यकालमा पनि यही समितिमा सदस्य थिए। समितिमा अन्य सांसदहरू पनि समावेश छन्, जसमा अमरेश कुमार सिंह, अर्जुननरसिंह के.सी., पद्माकुमारी अर्याल, रमेश प्रसाई, हरि ढकाल लगायतका सदस्यहरू रहेका छन्।