काठमाडौं । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको मृत्यु भएको छ।
हेटौंडाबाट काठमाडौं तर्फ आउँदै गरेको बा.ए.ब ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा (केरावारी–सितचोक नजिक) सडकबाट करिब ७ सय मिटर तल भिरमा कार खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा काठमाडौं निवासी ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनाग्रस्त सवारीसाधन निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।