• २०८३ बैशाख १५ गते मङ्गलवार
  • Preeti To Unicode

धादिङ जाँदै सभामुख डीपी अर्याल, ज्वालामुखीलाई नमूना सफा गाउँपालिका घोषणा गर्ने

धादिङ जाँदै सभामुख डीपी अर्याल, ज्वालामुखीलाई नमूना सफा गाउँपालिका घोषणा गर्ने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज आफ्नो गृह जिल्ला धादिङ जाँदैछन्। सभामुख निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला जान लागेका उनी ज्वालामुखी गाउँपालिका–३ अमराईका हुन्, यद्यपि पछिल्लो निर्वाचनमा भने काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। आफ्नो गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्ने उद्देश्यसहित उनी धादिङ जान लागेका हुन्। आज बराहकाली माध्यमिक विद्यालय मा आयोजना हुने कार्यक्रममा ज्वालामुखी गाउँपालिकालाई औपचारिक रूपमा यस्तो घोषणा गरिनेछ, जसमा सभामुख अर्याल प्रमुख अतिथिका रूपमा सहभागी भई स्वयंले घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार