पाँचथरमा युट्युबमार्फत अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
फाल्गुनन्द गाउँपालिका–७, पाँचथरका रोशन पोखरेललाई प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। ‘Hades’ नामक युट्युब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। यसबारे पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।