• २०८३ बैशाख १५ गते मङ्गलवार
  • Preeti To Unicode

सार्वजनिक सवारीमा नम्र व्यवहार अपनाउन महासंघको आह्वान

सार्वजनिक सवारीमा नम्र व्यवहार अपनाउन महासंघको आह्वान

काठमाडौंमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई यात्रुसँग नम्र र अनुशासित व्यवहार गर्न आग्रह गरेको छ। आइतबार जारी आह्वानमा महासंघले सवारी सञ्चालनअघि अनिवार्य चेकजाँच गर्न, सवारी साधन सफा र आकर्षक राख्न तथा यात्रुको सुविधालाई प्राथमिकता दिन निर्देशन दिएको छ। लामो दूरीका यात्रामा शौचालय भएको स्थानमा सवारी रोक्ने र सफा तथा शुद्ध खानाको व्यवस्था मिलाउन पनि भनिएको छ।

यसैगरी, सवारीभित्र डस्टबिन राखेर फोहोर व्यवस्थापन गर्न, यात्रुलाई झ्यालबाट जथाभावी फोहोर नफाल्न सचेत गराउन र अपशब्द प्रयोग नगर्न आग्रह गरिएको छ। ट्राफिक नियमको पूर्ण पालना गर्दै जथाभावी पार्किङ, जाम वा तछाडमछाड नगर्न तथा सडक अवस्थाबारे पूर्व जानकारी लिएर मात्र यात्रा सुरु गर्न पनि महासंघले निर्देशन दिएको छ। साथै, यात्रुले अनिवार्य रूपमा टिकट लिएर यात्रा गर्नुपर्नेमा जोड दिइएको छ। सार्वजनिक सवारीमा देखिँदै आएको दुर्व्यवहार र अव्यवस्थाप्रति बढ्दो आलोचनाका बीच यस्तो पहल गरिएको हो।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार