कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग माग गरिएको स्पष्टीकरण फिर्ता लिने निर्णय गरेको छ।

सोमबार दिउँसो सानेपामा बस्ने अनुशासन समितिको बैठकले खड्कालाई सोधिएको सात दिने स्पष्टीकरण फिर्ता लिने निर्णय गर्ने तयारी गरेको हो। समितिले वैशाख २ गते बसेको बैठकमार्फत उनीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो।

तर अदालतले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई मान्यता दिएपछि उक्त स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्षसहित निर्णय फिर्ता लिन लागिएको बताइएको छ।

यसअघि खड्काले भने अनुशासन समितिको निर्णयलाई ‘अवैधानिक’ भन्दै अस्वीकार गरेका थिए। उनले ‘अवैधानिक महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गठन गरेको संरचनाले स्पष्टीकरण सोध्ने निर्णय गर्नु निरर्थक, हास्यास्पद र अर्थहीन रहेको’ प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार