• २०८३ बैशाख १५ गते मङ्गलवार
  • Preeti To Unicode

बेइजिङमा नेपाली ‘एक सुइरो’ ब्ल्याक टीको अन्तर्राष्ट्रिय स्वाद परीक्षण, उच्च प्रशंसा

बेइजिङमा नेपाली ‘एक सुइरो’ ब्ल्याक टीको अन्तर्राष्ट्रिय स्वाद परीक्षण, उच्च प्रशंसा

बेइजिङ । नेपाली राजदूतावासको पहलमा चीनको हुबेइ प्रान्तको लिचुआन शहरमा ‘एक सुइरो’मा आधारित नेपाली अर्थोडक्स ब्ल्याक टीको स्वाद परीक्षण कार्यक्रम सम्पन्न भएको छ । एशिया–अफ्रिका ब्ल्याक टी एक्सचेन्ज महोत्सवअन्तर्गत आयोजित उक्त कार्यक्रममा २०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थितिमा नेपाली चियाको गुणस्तर उच्च रहेको भन्दै प्रशंसा गरिएको थियो । इलाममा उत्पादन गरिएको सुनौलो रङको ‘एक सुइरो’ चिया प्रस्तुत गरिएको कार्यक्रममा नेपालका तर्फबाट इकोनोमिक मिनिस्टर पवर्ती अर्यालले देशको अर्गानिक चिया उत्पादन, उच्च गुणस्तर र अन्तर्राष्ट्रिय सम्भावनाबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा विभिन्न देशका विज्ञहरूले चिया प्रवर्द्धन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार