स्कुल बसको ठक्करबाट तुलसीपुरमा दुई वर्षीय बालकको मृत्यु

स्कुल बसको ठक्करबाट तुलसीपुरमा दुई वर्षीय बालकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका–७, गैरापातुस्थित झोलुङ्गे पुल नजिकै स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ। आज बिहान करिब १० बजे लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा सल्यानको शारदा नगरपालिका–२, खलङ्गा घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५, रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका करिब दुई वर्षीय छोरा आयन नेपाली घाइते भएका थिए। घाइते बालकको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार