• २०८३ असोज २३ गते शुक्रवार
  • Preeti To Unicode

जय नेपाल पार्टीद्वारा १० केन्द्रीय सदस्यसहित विभिन्न पदमा मनोनयन

जय नेपाल पार्टीद्वारा १० केन्द्रीय सदस्यसहित विभिन्न पदमा मनोनयन

काठमाडौं । धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले १० जना केन्द्रीय सदस्यसहित विभिन्न पदमा मनोनयन गरेको छ। पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति, सम्मानित सल्लाहकार समिति, प्रदेश तहका इन्चार्ज तथा संयोजक, विभिन्न विभाग तथा समितिका संयोजक र जनवर्गीय संगठनका सभापति मनोनयन गरेको जानकारी दिएको हो।

पार्टीको केन्द्रीय सदस्यमा ठाकुर बम मल्ल (पर्वत), जिम्बा जाङबु शेपा (सोलुखुम्बु), गजेन्द्रबहादुर सिंह (कैलाली), अन्जु बस्याल (सुर्खेत), लोकेन्द्र पोखरेल (भक्तपुर), सुधन पाण्डे (अर्घाखाँची), मानवकुमार हमाल (डोल्पा), भुपेन्द्रनाथ योगी (सुर्खेत), केशर आउजी (अछाम) र कमलबहादुर पाण्डे (काठमाडौं) मनोनीत भएका छन्। त्यस्तै, सम्मानित सल्लाहकार समितिको सदस्यमा गजेन्द्र विष्ट (कञ्चनपुर), मानबहादुर खड्का (सुर्खेत) र कर्मचन्द आजाद (बाँके) मनोनीत भएका छन्।

प्रदेश तहमा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गजेन्द्रबहादुर सिंह र संयोजकमा गोविन्द पाण्डे, कर्णाली प्रदेशको इन्चार्जमा जनकबहादुर सिंह र संयोजकमा भीमबहादुर शाही, लुम्बिनी प्रदेशको इन्चार्जमा नारायणप्रसाद कोइराला र संयोजकमा ऋषिराज देवकोटा तथा गण्डकी प्रदेशको इन्चार्जमा रामराज कोइराला र संयोजकमा वरुण विक्रम राणालाई जिम्मेवारी दिइएको छ। त्यसैगरी, बागमती प्रदेशको इन्चार्जमा नवराज सिंखडा र संयोजकमा किरण ढुंगेल मनोनीत भएका छन्। पार्टीले विभिन्न विभाग तथा समितिका संयोजकसमेत तोकेको छ। आर्थिक स्रोत व्यवस्थापन विभागको संयोजकमा समृद्धि राणा, धर्म संस्कृति समन्वय विभागको संयोजकमा प्रभात योगी, पर्यटन विभागको संयोजकमा जिम्बा जाङबु शेपा र सांस्कृतिक कला विभागको संयोजकमा खगेस रन्जितकार मनोनीत भएका छन्। यसैगरी, लघुवित्त, बैंक, सहकारी तथा मिटरब्याज पीडित उत्थान समितिको संयोजकमा होमनाथ गौतम र सञ्चार संगठन गठन तयारी समितिको संयोजकमा राधिका जोशीलाई जिम्मेवारी दिइएको छ। जनवर्गीय संगठनतर्फ नेपाल उत्पीडित संगठनको सभापतिमा अर्जुन नेपाली र नेपाल कबाडी संगठनको सभापतिमा वीरबहादुर गुरुङ मनोनीत भएका छन्। पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार