काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन पनि पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। बैठकमा केन्द्रीय कमिटी बैठकबाट निर्णय हुन बाँकी रहेका विषयमा छलफल गरी निर्णय गर्ने तयारी गरिएको छ। बैठकले पार्टीका विभिन्न कमिटी तथा विभागहरूलाई पूर्णता दिने बताइएको छ। बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार नै सम्पन्न गर्ने तयारी रहेको एमाले नेता लेखराज भट्टले जानकारी दिएका छन्।