काठमाण्डौ – २०८१ को हिउँदे अधिवेशन आजबाट समाप्त भएको छ। सङ्घीय संसदका दुबै सदनको चालु हिउँदे अधिवेशन आज अन्त्य भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले यो निर्णयको सिफारिस गर्दै राष्ट्रपतिसमक्ष प्रस्ताव राखेको थियो।
यस अधिवेशनको शुरुआत २०८१ माघ १८ गते भएको थियो, जसमा विभिन्न राष्ट्रिय मुद्दाहरूमा छलफल र निर्णय भएका थिए। अब, संसदको अगिल्लो अधिवेशनको तयारी गर्न सरकारले काम गर्ने बताइएको छ।
यो अधिवेशनको समापनसँगै, समग्र संसदको कामकाज र आगामी योजनाहरूका बारेमा पनि चर्चा हुने अपेक्ष गरिएको छ।