निर्वाचन सफलतामा नेकपालाई प्रधानमन्त्री कार्कीको धन्यवाद

निर्वाचन सफलतामा नेकपालाई प्रधानमन्त्री कार्कीको धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई निर्वाचन सफल बनाउन सहयोग गरेकोमा धन्यवाद दिएकी छिन्। बालुवाटारमा भएको भेटमा पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल लगायत नेताहरू सहभागी थिए।

भेटमा प्रतिनिधि सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। प्रधानमन्त्रीले शान्तिपूर्ण र लोकतान्त्रिक रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेको भन्दै आभार व्यक्त गर्दै विजयी नेताहरूलाई बधाई दिइन्।

नेकपाका नेताहरूले पनि कार्कीको नेतृत्वको प्रशंसा गरे। प्रचण्डले निर्वाचन नभएको भए देश ठूलो संकटमा पर्ने बताएका छन् भने माधव नेपालले कार्की प्रधानमन्त्री बनेपछि संविधान र व्यवस्था जोगिने विश्वास व्यक्त गरेका छन्

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार