• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

इन्धनसँगै दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने त्रास, खाने तेल अझै बढ्न सक्ने

इन्धनसँगै दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने त्रास, खाने तेल अझै बढ्न सक्ने

पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालमा प्रत्यक्ष आर्थिक प्रभाव देखिन थालेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सवारी साधनको भाडा र ढुवानी खर्च बढ्ने निश्चितता र त्यसले खाद्यान्न तथा अन्य उपभोग्य वस्तुमा मूल्य वृद्धिको सम्भावना बढाउँदा उपभोक्ताहरूले चामल, तेल, चिनी, दाल जस्ता अत्यावश्यक खाद्यान्न बढी खरिद गरी स्टक राख्न थालेका छन्। हालसम्म भारतबाट खाद्यान्न आयात भइरहेकाले आपूर्तिमा ठूलो समस्या नदेखिए पनि खाने तेलको कच्चा पदार्थ युरोपेली मुलुकबाट आउने भएकाले यसको मूल्यमा वृद्धि भइसकेको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार यदि सरकारले बजार नियन्त्रण र मूल्य वृद्धिमा बेलैमा हस्तक्षेप गरेन भने उपभोक्ताले खाने तेलका लागि प्रतिलिटर साढे तीन सयसम्म तिर्नुपर्ने अवस्था आउन सक्छ। यसैगरी, यातायात व्यवसायीहरूले भाडा बढाउने दबाव दिइरहेको र सरकारले भाडादर समायोजनको तयारी गरिरहेकाले ढुवानी खर्च बढ्ने र समग्र वस्तुहरूको मूल्यमा असर पर्न सक्ने खतरा रहेको छ। वर्तमानमा खाद्यान्नको मौज्दात र आपूर्ति पर्याप्त भए पनि ढुवानी लागत र अन्तर्राष्ट्रिय बजारको उतार–चढावले उपभोक्तामा मूल्य वृद्धि र आपूर्ति चिन्ता सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार