गगन थापा को केन्द्रीय समितिबाट दिएको राजीनामा अस्वीकृत भएपछि उहाँ आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुग्नुभएको छ। यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले उहाँको राजीनामा अस्वीकृत गर्दै ६ बुँदे निर्णय गरेको थियो। आज पनि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ, जुन दिउँसो १ बजे सञ्चालन हुने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने विषयमा प्रदीप पौडेल ले जानकारी दिएका छन् भने १५औँ महाधिवेशनको तयारीबारे पनि छलफल हुने बताइएको छ। साथै प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिका विषयमा समेत विस्तृत छलफल हुने बैठकका मुख्य एजेन्डा रहेका छन्।