• २०८२ चैत्र १३ गते शुक्रवार
  • Preeti To Unicode

बालेनलाई २२ भ्रष्टाचार काण्ड छानबिन गर्न शाहीको आह्वान

बालेनलाई २२ भ्रष्टाचार काण्ड छानबिन गर्न शाहीको आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाह (बालेन)लाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहीले बालेन शाहको आगमनसँगै देशमा नयाँ आशा पलाएको बताएका छन्। उनले भ्रष्टाचारविरुद्धको लडाइँमा आफूले भोगेको पीडा र संघर्ष स्मरण गर्दै अबको नेतृत्वले दोषीहरूलाई कानुनी कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका छन्।

शाहीले वि.सं. २०७६ साल जेठ १५ र असोज ११ गते सुर्खेत र चितवनमा आफूमाथि भएको साङ्घातिक हमलाको समेत स्मरण गरेका छन्। भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण ज्यानै जाने गरी आक्रमण भएको उल्लेख गर्दै उनले संसद् सदस्यका रूपमा करिब साढे दुई वर्षसम्म निरन्तर आवाज उठाउँदा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्। अहिले भने नयाँ नेतृत्वबाट आशा जागेको उनले बताएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार