काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आइतबार बिहान महाराजगन्जबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नियन्त्रणमा लिएको हो।
सीआइबीका एआइजी मनोज केसीका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
जेनजी आन्दोलनका क्रममा खड्काको निवासमा आगजनी हुँदा नेपाली रुपैयाँसँगै ठूलो मात्रामा विदेशी मुद्रा फेला परेको बताइएको छ। यसै घटनालाई आधार मानेर अनुसन्धान अघि बढाइएको जनाइएको छ।
यस्तै, उनीमाथि नेपाल स्काउटसँग सम्बन्धित जग्गा हिनामिना गरेको आरोपसमेत लागेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।