पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धानको माग

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धानको माग

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारी वकिलले १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालतमा माग गरेका छन्। अदालतमा हाल यस मागमाथि बहस भइरहेको छ। ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नपर्ने तर्क गर्दै जवाफी बहस गरिरहेका छन्।

अदालतमा आज दुईवटा निवेदन दर्ता भएका छन्—एक जरुरी पक्राउ पुर्जीको समर्थनको निवेदन र अर्को १० दिन म्याद थप गरी अनुसन्धान गर्ने निवेदन। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको समयमा केही स्थानमा दमन भएको थियो। उक्त आन्दोलनको बेला ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री थिए।

आन्दोलनको दमनबारे गठित आयोगले अनुसन्धान गरी ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो। सो सिफारिसको आधारमा अदालतले जरुरी पक्राउ पुर्जी जारी गरी उनीहरूलाई हिजो बिहान पक्राउ गरेको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार