काठमाडौं—गत २३ र २४ भदौमा भएका घटनाको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ। सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत प्रतिवेदन काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसरमा पठाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले प्रतिवेदन प्राप्त भइसकेको र अब यसको कार्यान्वयन चरणमा जाने जानकारी दिए। प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै शनिबार बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
अर्का सुरक्षा संयन्त्रसँग सम्बन्धित व्यक्तिहरूको बारेमा भने थप छानबिनपछि कारबाही गरिने बताइएको छ। आयोगले जनेजी आन्दोलनमा भएको हत्यासँग सम्बन्धित भएको भन्दै ओली–लेखकलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो।