Category - राजनीति

रुकुमपूर्वको पुथा उत्तरगङ्गामा माओवादी केन्द्र

पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी हुनुभएको छ । घर्तीले तीन हजार ९१३ तथा बुढाले चार हजार ५९ मत प्राप्त गर्नुभयो । अध्यक्षमा...

सूर्यविनायकमा एमाले विजयी

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् । प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक...

शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित हुनुभएको हो ।...

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९÷८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै...

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ । जारी मतगणनामा कांग्रेस...

थप १५ केन्द्रमा मतदान जारी

गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं ७, बौधीमाई नगरपालिकाको वडा नं १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६...

भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि हुनुभएको छ । भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेबाट प्रमुखका...

गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिनुभएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा उहाँको प्रतिस्पर्धामा नेकपा एमालेका उद्धव...

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँचदलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् । गठबन्धनका तर्फबाट...

भरतपुरमा मतान्तर बढाउँदै दाहाल

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३...