19.1 C
Kathmandu
Tuesday, April 16, 2024
spot_img

सडकमै व्यापार

जिल्लाको ठूलो बजारका रुपमा विकसित हँुदै गएको दमकमा व्यापारीले सडकसम्म सामग्री फिँजाएर समान राख्दा समस्या बल्झिएको छ । व्यापारीले ग्राहक आर्कषित गर्न पसलको सटरदेखि सडकसम्म सामाग्री राख्दा सडक मात्र होइन बजारको स्वरुप नै दिक्कलाग्दो बन्दै गएको छ । व्यापारीले आफ्ना पसलका सामान सडकसम्म फिँजाएर राख्दा बजारको स्वरुप बिग्रनाका साथै सडक दुर्घटनाको जोखिम बढ्ने गरेको स्थानीयवासीको गुनासो छ । दमक चोक र बजारका किराना, इलेक्ट्रोनिक्स, टिभी, फ्रिजलगायत अधिकांश पसलका व्यापारीले आफ्ना समान बाटोभर फिँजाएर राख्दैआएका छन् ।

सबै व्यावसायीले सडकमा सामान राख्न हुदैन भन्ने बुझे पनि ग्राहकका लागि आफूहरुले बाध्य भएर समान फिँजाएर राख्नु परेको धारणा व्यक्त गरे ।
सडक अतिक्रमण गरी व्यापार गर्ने चलन विगतदेखि हुँदै आएको र उद्योगी, व्यवसायीको छाता सङ्गठन दमक उद्योग वाणिज्य सङ्घले समेत पटकपटक सूचना निकालेर सडक अतिक्रमण गरी व्यापार नगर्न भने पनि व्यवसायीले नटेरेको जनाएको छ । व्यवस्थित बजारको सुरुआत गरिए पनि अझै त्यसो हुन नसकेको सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले बताउनुभयो ।

सडक कार्यालयले पूर्व–पश्चिम राजमार्गको मुख्य भागदेखि दायाँवायाँ १०५ फिटभित्र कुनै संरचना बनाउन मात्र होइन जथाभावी समान राख्न नपाउने निर्णय भएको जनाकारी गराइसकेको छ । सडकको अवस्थालाई मध्यनजर गरी ती क्षेत्रमा छिटोभन्दा छिटो छ लेनको सडक बनाउन योजना अघि बढाइसकिएको छ । दमकमा दायाँबायाँ १०५ फिटसमम्मको सीमा निर्धारण गरिए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन । पचासी फिट बाहिरै घर बनेका छन् । त्यही ८५ फिट सडक क्षेत्रमा व्यापारीले आफ्ना समान फिँजाएर ग्राहक तान्न खोज्दा सडकसँगै बजारकोस्वरुप नै खुम्चिन पुगेको हो ।

नगरपालिकाले दमकलाई सुरक्षित र सुन्दर बजारको रुपमा चहलपहल बढाउन संरचनागत काम गर्दै आएको छ । चोक र बजारको सडकपेटीमा सौन्दर्य बढाउन फूल रोप्न र फोहरमैला सङ्कलनका लागि डस्बिन राखेर आर्कषक बनाउने योजना सञ्चालित छन् । “हामी नगरलाई पूर्वकै नमूना सहर बनाउन केन्द्रीत छौँ” दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराइले भन्नुभयो,“ दमकलाई सुन्दर, हराभरा बनाउन जनप्रतिनिधि मात्र होइन, सिङ्गो दमकवासीको योगदान जरुरी छ । ”

गौरीगञ्जमा सडक अतिक्रमण रोक्न पहल

गौरीगञ्ज गाउँपालिकाको बजार क्षेत्रको सडक पेटी र सडक क्षेत्रको अतिक्रमण रोक्न उद्योग वाणिज्य सङ्घ गौरीगञ्जले पहल गर्ने भएको छ । वाणिज्य सङ्घको हालै बसेको बैठकले सडक पेटी र सडक क्षेत्रमा व्यापारीले पसलका सामान राखी गरिएको अतिक्रमणले जोखिम बढाएको भन्दै त्यस्ता अतिक्रमण तुरुन्त हटाउन आग्रह गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष मखना महतोले जानकारी दिनुभयो । प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गरी हटाउने कार्य सुरु गर्ने उहाँले बताउनुभयो ।

बजारलाई स्वच्छ र हराभरा बनाउन सङ्घले प्रहरीसँगै स्थानीय सरकारसँग सहकार्य गरी अगाडि बढ्ने अध्यक्ष महतोको भनाइ थियोे । यस्तै उपभोक्ताको हितका लागि व्यापारीका नापतौल सामग्रीको नापजाँच गर्नाका साथै आन्तरिक राजस्व कार्यालयसँगको सहकार्यमा गौरीगञ्जका व्यापारीको फर्म नवीकरणमा सघाउ पु¥याउने बैठकले निर्णय गरेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles