20.1 C
Kathmandu
Sunday, May 19, 2024
spot_img

गाउँगाउँमा लागुऔषधविरुद्ध सचेतना

प्रहरीले जाजरकोटका सबै पालिकामा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । जिल्लाका विद्यालय तथा गाउँमा सचेतना कार्यक्रम सुरु गरिएको प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले बताउनुभयो । छुवाछुतविरुद्ध अभियानसमेत सञ्चालन गरेको प्रहरीले सँगै लागुऔषधविरुद्ध पनि कार्यक्रम सुरु गरेको हो ।

कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामुलक कार्यक्रम सुरु गरिएको प्रहरीले बताएको छ । जाजरकोटमा सात पालिका रहेका छन् । लागुऔषधको बिक्रीवितरण लगायका विषयले समस्याकै रुप लिएपछि प्रहरीले अभियान सञ्चालन गरेको हो ।

विद्यालय उमेरका बालबालिकालाई सचेतना जगाउन सके मात्र धेरै समस्या समाधान हुने प्रहरीको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर प्रहरीले आफ्नो अभियानलाई तीव्रता दिएको छ । जुवातास जस्ता समाजमा विकृति फैलाउने कुरालाईसमेत निगरानी गरेको प्रहरीले पछिल्लो समय भने जनपक्षीय काम गर्दै आएको स्थानीयवासी बताउँछन् ।

त्यस्तै कुशे गाउँपालिका–८ को बिजुलीडाँडा र वडा नं ९ को पैंक जोड्ने स्थानीय खोलामा पुलसमेत प्रहरीकै सक्रियतामा निर्माण गरिएको छ । खोला तर्नका लागि स्थानीयवासीलाई समस्या भएपछि प्रहरीकै सक्रियतामा पुल निर्माण गरिएको थियो । सवारीसाधन जथाभावी चलाएर दुर्घटना पर्न सक्ने भन्दै जिल्लाभित्र चल्ने सवारी साधनमा टाइम कार्डसमेत लागू गरिएको प्रहरीले जनाएको छ । जनतासँग जोडिएर प्रहरीले सामाजिक सेवा मात्र होइन, विकृतिविरुद्ध अभियानसमेत चलाउने काम गरिरहेको नागरिक समाजका अगुवा हरिबहादुर सिंहले बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles