14.1 C
Kathmandu
Friday, April 12, 2024
spot_img

गठाबंधनको आजको ताजा निर्णय

विज्ञप्ति आज मिति २०७९ / ०१ / १४ गते पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा ज्यूको अध्यक्षतामा बस्यो । बैठकले २०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका , उप-महानगरपालिका , नगरपालिका र गाँउपालिकाहरुमा ५ दलीय गठबन्धनभित्र तपशिल बमोजिमको कार्य गर्न गराउन आ – आफ्ना दलका निकायहरुलाई निर्देशन गर्ने निर्णय गरिएको छ ।

१. ६ महानगर र ११ उप – महानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठवन्धन भित्रका दलको तर्फवाट दर्ता भएको उम्मेदवारी सम्वन्धित दलले फिर्ता गर्ने ।

२. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्वन्धित दलले आवस्यक कार्य गर्ने ।

३. ६ महानगर र ११ उप – महानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने ।

४. नगरपालिका र गाँउपालिकाहरुमा गठवन्धनका दलहरुका बिचमा भईसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने ।

५. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्ने ।

६. गठबन्धनका दलहरुका बिचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका , गाँउपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने । त्यसका निमित्त स्थानीय , जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिने ।

७. गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles