30.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

बाँकेमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न

बाँकेको चार स्थानीय तहमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) का उम्मेदवार निर्वाचित हुनुभएको छ । सो नगरमा आठ कार्यपालिका सदस्य चयन गर्न मतदान भएको थियो । निर्वाचनमा कांग्रेसकी अमृताकुमारी सिंह, पुष्पा सिंह, सङ्गीता रेग्मी, जसपाकी शोभा खटिक, वसन्तकुमार कनोजिया र मोहम्मद मुजस्मिल हुसैन हल्वाई तथा राप्रपाकी बीना थापा र विक्रम चिडिमार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कांग्रेस र जसपाका तीन–तीन र राप्रपाका दुई जना निर्वाचित भएका छन् । निर्वाचनका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच गठबन्धन भएको थियो । यस्तै जसपा र नेकपा (एमाले)बीच चुनावी तालमेल भएको थियो । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानल विजयी भएको छ ।सो निर्वाचनमा दलित अल्पसङ्ख्यकबाट केशवराज दमाई, थानबहादुर विक विजयी हुनुभएको गाउँ कार्यपालिकाका मुख्य निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो । उहाँहरूका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर विक र प्रदीपकुमार रजक हुनुहुन्थ्यो । गाउँ कार्यपालिकामा महिला सदस्यमा सुमित्राकुमारी थारू, गौत्राकुमारी डाँगी, यमकुमारी वली र राधिका सुनार निर्वाचित हुनुभएको छ ।

यसैगरी बाँकेको बैजनाथ गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेसका उम्मेदवार विजयी हुनुभएका छन् । निर्वाचित हुनेमा कमानसिंह सुनार, फरिदुल हलवाई, मञ्जु ओली, कृष्णकुमारी विक, रुपा रावत र भूमिसरा राना हुनुहुन्छ । उहाँहरु अन्य दलले उम्मेदवारी नदिएकाले निर्विरोध निर्वाचित हुनुभएको हो ।

जानकी गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुनुभएको छ । निर्वाचनमा कांग्रेसका उम्मेदवार कमलादेवी यादव, कान्ति काँदु, निर्मला हरिजन र रामअचल धोवी तथा माओवादी केन्द्रका तारावती खटिक र राजेन्द्र सिंह निर्वाचित हुनुभएको हो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles